Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


राष्ट्रियसभा चुनावमा एमाले-कांग्रेस मिलेर हामीलाई आउट गर्न खाेजियाे : पुष्पकमल दाहाल


1.2k
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रियसभाको चुनाव अघि नै प्रतिनिधिसभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको बताउनुभएको छ ।

सिन्धुलीमा आयोजिक एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियसभा चुनावमा कांग्रेससँग मिलेर आफूहरूलाई आउट गरेपछि कुरा नमिलेको बताउनुभयो । राष्ट्रियसभामै प्रयास विफल भएपछि प्रतिनिधिसभाको हकमा अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

उहाँले आफू चुनाव जित्नकै लागि रुकुम पूर्व नगएको जिकिर गर्नुभयो । सिन्धुली, महोत्तरी, नुवाकोटबाट लडेको भएपनि आफूले सहजै चुनाव जित्ने आधार बनेको जिकिर गर्नुभयो ।

पार्टीबाट भावी प्रधानमन्त्रीबारे कुनै छलफल नगरेको भन्दै उहाँले चर्चामा रहेकाबाट बन्ने सम्भावना कमै रहेको बताउनुभयो ।