Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


नेपालीमा क्रिकेटप्रतिको मोह, नेपाल–इङ्ग्ल्याण्डबीचकाे खेल हेर्न हजारौँ नेपाली भारत जाँदै


949
Shares

काठमाडाैं । नेपाली क्रिकेटप्रति आमजनताको चासो दिनानुदिन बढ्दै गएको छ ।

विश्वकप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र इङ्ग्ल्याण्डबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न हजारौँ नेपाली समर्थक भारततर्फ जाने तयारीमा जुटेका छन् । सीमावर्ती क्षेत्रहरूमा समर्थकहरूको बाक्लो भीड देखिन थालेको छ ।

राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्ने उद्देश्यले समर्थकहरू भारत गइरहेकका छन् । नेपाली टोलीले पहिलोपटक विश्वस्तरीय टिम इङ्ग्ल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको अवसरलाई समर्थकहरूले खुसीकाे रूपमा लिएका छन् ।

क्रिकेट विज्ञहरूका अनुसार यस खेलले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । साथै, युवा पुस्तामा क्रिकेटप्रतिको आकर्षण थप बढ्ने विश्वास लिइएको छ ।

नेपालको सहभागिताले विश्वकपमा नेपाली क्रिकेटको उपस्थिति मात्र होइन, नेपाली समर्थकहरूको उत्साह र एकतालाई पनि विश्वसामु प्रस्तुत गर्नेछ ।