Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


झापा गोल्ड कप सुरु हुँदै


117
Shares

काठमाडाैं ।
आजदेखि झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको सुरु हुँदैछ ।

फागुन ४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसँगै भारतका चर्चित क्लबहरूको समेत सहभागिता रहने छ ।

झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद वस्नेतको स्मृतिमा आयोजना प्रतियोगिता गरिँदै आएको छ । प्रतियोगिताका विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।