Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


रास्वपाका वरिष्ठ नेता बालेनको झापा-५ मा रहेकाे सम्पर्क कार्यालयमा तोड्फोड


6.4k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको झापा-५ मा रहेकाे सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ।

झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले बताएको हाे। सिसा फुटेको जानकारी पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । झापा- ५ मा रास्वपा वरिष्ठ नेता बालेन उम्मेदवार हुनुभएकाे छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि साेही क्षेत्रबाट उम्मेदवार बन्नुभएकाे हाे ।