Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


पुरुष टी-२० विश्वकप अभ्यास खेलमा भारतको जित

दक्षिण अफ्रिका भने ३० रनले पराजित

234
Shares

काठमाडौं । पुरुष टी–२० विश्वकप अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गरेको छ ।

नवी मुम्बईमा बुधबार भएको खेलमा इशान किशनको आक्रामक अर्धशतकमा भारतले ५ विकेट गुमाउँदै २ सय ४० रन बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि इशान किशनले २० बलमा ५३ रन जोड्दै शुरूवातमै दक्षिण अफ्रिकामाथि दबाब बनाए । तिलक वर्माले १९ बलमा ४५ रनको आकर्षक इनिङ्स खेले भने सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै भारतलाई ५ विकेटको क्षतिमा २ सय ४० रनसम्म पुर्याए ।

दक्षिण अफ्रिकाका लागि मार्को यान्सेनले किफायती बलिङ गर्दै १ विकेट लिँदै १८ रन मात्र खर्चिएका थिए । २ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ७ विकेट गुमाउँदै २ सय १० रनमै अलआउट हुँदा खेल भारतले जितेको हो ।