Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


कैलालीमा डम्बर खड्कालाई भव्यताकासाथ स्वागत


1k
Shares

काठमाडौं । अनेरास्ववियुको पूर्व नेता तथा नेकपा एमाले काठमाडौं विशेष जिल्ला कमिटी सदस्य डम्बर खड्कालाई कैलालीका युवाहरुले भव्य स्वागत गरेका छन्।

नेकपा एमाले कैलाली क्षेत्र नं. २ का उम्मेदवारलाई विजयी गराउने उद्देश्यले काठमाडौंबाट आफ्नो गृह जिल्ला कैलाली जाने क्रममा सुदूरपश्चिमको मुख्य प्रवेशद्वार चिसापानीमा युवाहरुले खड्कालाई सम्मानसहित स्वागत गरेका हुन्।

युवा माझ अत्यन्त लोकप्रिय मानिने डम्बर खड्का लामो समयदेखि विद्यार्थी र युवा राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनले अनेरास्ववियुको पोखरा राष्ट्रिय कमिटीदेखि केन्द्रिय सदस्यसम्म रहेर विद्यार्थी तथा युवाहरुको हकहितका लागि निरन्तर काम गरेका थिए।

राजनीतिमा इमान्दार, ऊर्जाशील र संगठन निर्माणमा कुशल नेताका रूपमा परिचित खड्कालाई पछिल्लो समय युवाहरुले भावी नेतृत्वको रूपमा अगाडि सार्ने निर्णय गरेका छन्। स्वागत कार्यक्रममा सहभागी युवाहरुले पार्टी र देशको भविष्य युवाकै हातमा रहेको भन्दै डम्बर खड्काजस्ता नेतृत्वले त्यसको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।