Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


अर्थमन्त्री खनाल र गण्डकीका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता


182
Shares

काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनाल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच भेटवार्ता भएको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो।

भेटको क्रममा गण्डकी प्रदेशले आर्थिक क्षेत्रको सुधार तथा सुदृढीकरणका लागि गरेका प्रयास, संघ सरकारसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।