काठमाडाैं । नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक गरिएको छ।
कृषि क्षेत्र र विगतको मौसमसँग सम्बन्धित तथ्यांकलाई समेटेर तयार पारिएको डिजिटल नक्सा सार्वजनिक गरिएको हो । काठमाडाैंमा साेमबार भएको आयाेजित एक कार्यक्रमकाबीच नक्सा सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यो डिजिटल नक्सा नेपालको कृषि क्षेत्रका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्ला वर्ष देखिएको जलवायु परिवर्तन, यसको प्रभाव तथा जोखिमबाट कृषि क्षेत्रलाई जोगाउन अवलम्बन गर्न सकिने उपायहरुकाे बारेमा नक्सा उपयोगी हुने बताउनुभयो ।
साेही कार्यक्रममा बोर्लाग इन्स्टिट्यूट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तन र जोखिम विश्वव्यापी समस्या रहेको र वर्तमान अवस्थामा नेपाल, भारत, बंगलादेश र श्रीलंका वैज्ञानिकको सक्रियतामा तयार गरिएको डिजिटल नक्सा एक नयाँ प्रयास भएको बताउनुभएकाे छ ।








प्रतिक्रिया दिनुहोस्