काठमाडौं । सातौं झापा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक झापा गोल्डकपले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खेल तालिका सार्वजनिक गरेको हो । जस अनुसार माघ २४ गतेदेखि हुने उद्घाटन खेलमा आयोजक टोली झापा–११ फुटबल क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन्
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको फाइनल खेल आगामी फागुन ४ गते हुने अध्यक्ष केदार गिरीले बताउनुभएका छन् । प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी गराएका हुन्।
त्यस्तै, हरेक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउने भएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद ३५ लाख रुपैयाँ प्रात गर्ने आयोजकले जनाएको हो ।






प्रतिक्रिया दिनुहोस्