Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


बानेश्वरमा ‘करेन्ट मार्ट’ सञ्चालनमा


169
Shares

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा चर्चित ‘करेन्ट नुडल्स’को उत्पादक संस्था यसोदा फुड्सले काठमाडौँको बानेश्वरस्थित कात्यायनी चोकमा आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलतापछि उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै राजधानीमा नयाँ शाखा विस्तार गरिएको हो।

मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। उद्घाटन कार्यक्रममा कम्पनीका एरिया सेल्स म्यानेजरहरू, ग्राहक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

करेन्ट मार्टमा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स, विभिन्न स्न्याक्स, चिया तथा मसला सामग्रीहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस अवसरमा बोल्दै यसोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भैरहवाबाट सुरु गरिएको करेन्ट मार्टप्रति उपभोक्ताहरूले देखाएको माया र विश्वासकै कारण राजधानीमा पनि सेवा विस्तार गरिएको बताउँदै अब काठमाडौँका उपभोक्ताले सहज रूपमा ताजा र गुणस्तरीय उत्पादन खरिद गर्न सक्ने उल्लेख गरेका छन् ।