Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की


156
Shares

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभा बैठकमा सोमबार (माघ १९) पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् ।

यही माघ ४ गतेदेखि सुरु सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सरकारको प्राथमिकताका रूपमा रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन् ।

उनले आफू कुनै शासकीय आकांक्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको पनि स्पष्ट गरिन् ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले हालै भएको राष्ट्रियसभा निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिइन् ।

प्रधानमन्त्री कार्कीले विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन् ।