काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा पेस गरेका हुन्।
प्रतिवेदन पेश गर्दै अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे शर्माले राष्ट्रियसभाका अध्यक्ष समक्ष प्रष्ट पारेका थिए। साथै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्तावसमेत सभासमक्ष प्रस्तुत गरेकी छन्।





प्रतिक्रिया दिनुहोस्