काठमाडौं । पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई १ सय ११ रनले पराजित गरेको छ।
गद्दाफी रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले ३ खेलको शृङ्खलामा अस्ट्रेलियालाई क्लिन स्वीप गरेको हो । यो शृङ्खला दुवै टोलीका लागि आईसीसी टी–२० विश्वकप २०२६ को अन्तिम तयारीका रूपमा रहेको थियो । २ सय ८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभर ५ बलमा ९६ रनमै अलआउट भयो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २३ रन बनाए भने क्यामरुन ग्रिनले २२ रन जोडेका थिए।
विकेटकिपर जोस फिलिपले १४ रनको योगदान दिएका हुन् । पाकिस्तानका लागि नवाजले ४ ओभरमा १८ रन मात्र खर्चेर ५ विकेट लिए । शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने अब्रार अहमद र नसीम शाहले समान १–१ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।





प्रतिक्रिया दिनुहोस्