काठमाडौं । राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
ललितपुरको एन्फा कम्प्लेक्समा आइतबार साँझ भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले काँक्रेबिहारलाई ३–० गोलले पराजित गरेको हो । प्लानिङ ब्वाइजका सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले गोल गरेका थिए । यो जीतसँगै प्लानिङ ब्वाइज ५ खेलमा १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । लगातार ५ हार बेहोरको काँक्रेबिहानर पुछारमा रहेको छ ।
त्यस्तै, काठमाडौंको दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले श्रीभगवती युवा क्लबलाई ३–१ गोलले पराजित गरेको हो । आर्मीका नवयुग श्रेष्ठले २ र जिलेस्पीजङ्ग कार्कीले १ गोल गरेका थिए । श्रीभगवतीका अजित लामाले गोल गरेका हुन् । यो जीतसँगै आर्मी ५ खेलमा ११ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
तेस्रो हार बेहोरेको श्रीभगवती ५ खेलमा ४ अङ्कसहित ११औँ स्थानमा रहेको हो ।





प्रतिक्रिया दिनुहोस्