Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता शर्मा


104
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताउनुभएको छ ।

निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरुले लडेर ल्याएको स्मरण गराउनुभयो ।

उहाँले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई वश्वास गर्नुको विकल्प नभएको बताउनु भयो । नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गर्नुभयो । नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताउनु भयो ।

नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताउनु भयो । बदलिएको काँग्रेसले नै देश बदल्ने बताउनु भयो । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अत्याधिक मत दिएर विजयी गराउने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।