Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


साफ यू-१९ महिला च्याम्पियनशिपमा भारत विजयी

नेपाल भने १-० गोलले पराजित

104
Shares

काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनशिपमा आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । शनिबारै भएको पहिलो उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई १२–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । अब नेपालले आफ्नो दोश्रो खेलमा सोमबार भूटानसँग खेल्ने भएको छ ।