Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


टी-२० शृङ्खलामा भारत विजयी, न्युजिल्यान्ड ४६ रनले पराजित


182
Shares

काठमाडौं । न्युजिल्यान्डसँगको टी–२० शृङ्खला अन्तर्गत पाँचौ तथा अन्तिम खेलमा भारत विजयी भएको छ ।

योसँगै भारतले शृङ्खला ४–१ ले जितेको हो । आइतबार राति भएको खेलमा घरेलु टोलीसँग न्युजिल्यान्ड ४६ रनले पराजित भएको छ । भारतले दिएको २ सय ७२ रनको ठूलो लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर ४ बलमा २ सय २५ रन बनाउँदै अलआउट भयो । न्युजिल्यान्डका फिन एलनले ८० रन बनाए । भारतका अर्शदीप सिंहले ५ विकेट लिएका थिए ।

त्यसअघि केरालामा टस जितेर ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो । भारतका इशान किशनले १ सय ३ रनको शतकीय पारी खेलेका थिए । न्युजिल्यान्डका लकी फर्ग्युसनले २ विकेट लिएका हुन् । यी दुवै टोलीका लागि यो शृङ्खला आगामी शनिबारदेखि हुने टी–२० विश्वकपको तयारीका रूपमा रहेको थियो ।