Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


आईसीसी एसिया क्षेत्रको सन् २०२६ को सम्मेलन नेपालमा हुने


143
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एसिया क्षेत्रको सन् २०२६ को सम्मेलन नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने जानकारी दिएको हो । आगामी बैशाख ३ र ४ गते काठमाण्डौमा हुने सम्मेलनमा आईसीसी एसियाका सदस्य देशका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधि एकै ठाउँमा भेला हुने क्यानले जनाएको छ ।

सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रमहरू, शासनसम्बन्धी विषयहरू र भावी क्यालेण्डरबारे छलफल केन्द्रित हुनेछ ।

विशेष गरी नेपाल जस्ता एसोसिएट राष्ट्रहरूले भोगिरहेका संरचनागत समस्या र उनीहरूलाई ‘टेस्ट’ राष्ट्रको यात्रामा कसरी अगाडि बढाउने भन्ने विषय एजेन्डाको प्राथमिकतामा रहनेछ ।