Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


रास्वपासहितका नयाँ दलसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन: कार्यवाहक अध्यक्ष भुसाल


689
Shares

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गर्नुभएको छ ।

विराटनगरमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो । कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरुले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरुमा पनि नदेखिएकाे दावी गर्नुभयाे । जसका कारण मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको उहाँकाे तर्क छ । नयाँ राजनीतिक दलहरुलाई नालायक भएकाले यसबाट पनि जनताले कुनैपनि खालको अपेक्षा गर्ने अवस्था नभएको उहाँले जिकिर गर्नुभयो ।

कार्यवाहक अध्यक्ष भुसालले पुरा दलहरुले दलाल पूँजीवादीहरुको सेवा गरेकाले त्यसकाविरुद्ध जेनजी आन्दोलन भएको समेत बताउनुभयो ।