काठमाडाैं । चुनाव तयारीका सन्दर्भमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच छलफल भएको छ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन तयारीका विषयमा उनीहरूबीच आज छलफल भएको हो।
छलफलमा निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत पनि सहभागी छन्।





प्रतिक्रिया दिनुहोस्