काठमाडौं ।
सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता सिंह भण्डारी सहित २० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले प्रा.डा. भण्डारीविरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
डा. भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, बायोमेडिक इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चचर डा.श्रीसिया पोखरेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, अधिकृतहरु झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइरजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह र हिमालय मेडिटेक प्रा.लि.का अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएकाहरूमध्ये कतिलाई एकल रुपमा र कतिबाट संयुक्त रूपमा ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगोसहित कानुनअनुसार कारबाहीको माग गरिएको छ ।
अख्तियारले खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नै नबनाई बनाउन नलगाउने लगायतको खरिद कारबाहीको तयारी नगरी खरिद कार्य अगाडि बढाएको आरोप मुद्दामा लगाएको छ ।





प्रतिक्रिया दिनुहोस्