काठमाडौं । मच्छिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जित हासिल गरेको छ ।
ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको दोस्रो खेलमा मच्छिन्द्रले चित्लाङ एफसीलाई ३–१ गोलले पराजित गरेको हो। मच्छिन्द्रका प्रदीप बुढाथोकी, जोनाथन जोरिल्ला र अल्जोन अलिजोनोभले गोल गरेका थिए। चित्लाङका विज्ञान खड्काले गोल गरेका हुन्। मच्छिन्द्रले ४ खेलमा १२ अङ्क जोडेको छ । प्रतियोगितामा चित्लाङले चार खेलमा दोस्रो हार बेहोरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी भएका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुने भएका हुन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने एन्फाले जनाएको हो ।





प्रतिक्रिया दिनुहोस्