Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


राष्ट्रिय लिग फुटबलमा सातदोबाटोमाथि प्लानिङ ब्वाइजको जित


65
Shares

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ।

ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा प्लानिङ ब्वाइजले सातदोबाटोलाई ४–२ गोलले पराजित गरेको हो । प्लानिङ ब्वाइजका फागुराम थारुले २ तथा एलेक्स विलियम र रोमन भुजेलले १र१ गोल गरेका थिए । सातदोबाटोका बोबिरशोस सोभिरोभ र फोडे फोफनाले गोल गरेका हुन्। त्यस्तै, एन्फा कम्प्लेक्समै मंगलबारै भएको पहिलो खेलमा लालीगुराँस एफसी र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी भएका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुने भएका छन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको हो ।