Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना


5.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खुट्टामा लागेको चोटका कारण अस्पताल भर्ना भएका छन् ।

गत माघ ५ गते जनकपुरमा आयोजित सभाका क्रममा लागेको चोटबाट संक्रमण देखिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै छालाको भित्री तहमा संक्रमण फैलिएको छ । चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमै राखेर उपचार गरिने जनाइएको छ ।

संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने सचिवालयले जनाएको छ ।

यसैबीच, अन्य बिरामीको उपचारमा असर नपरोस् भन्दै अस्पतालमा भेटघाट नगर्न रविका स्वकीय सचिव अविनाश आचार्यले आग्रह गरेका छन् ।