Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : नेता कोइराला


377
Shares

काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने नेता डा. शेखर कोइरालाले बताउनुभएको छ ।

मंगलबार सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाटकाे क्रममा कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरुको प्रचार ज्यादा भए पनि कांग्रेसले जनमत नगुमाएको बताएका छन् ।

चुनाव कांग्रेसका लागि आफ्नो सामर्थ्य जाँच्ने समय भएकाले आन्तरिक विवादलाई थन्क्याएर सबैले चुनावी परिणाममा ध्यान दिन आग्रह गर्नुभएकाे छ ।

कांग्रेस अबको चुनावबाट पनि संसद्को पहिलो पार्टी बन्छ । समाजिक सञ्जालमा प्रचार फरक ढंगले भए पनि कांग्रेसले जनमत गुमाएको छैन, डा. कोइरालाले भन्नुभयो , सबै निर्वाचन क्षेत्रमा उमेदवार भएकाले समानुपातिक मत बढ्नेछ । सबै पार्टी एक्लाएक्लै लडेकाले प्रत्यक्षतर्फको सिट पनि बढ्छ, घट्दैन ।

उहाँले पार्टीका आन्तरिक विषयमा मतभेद सधैँ रहने भन्दै ती विषय आन्तरिक रूपमै सम्बोधन हुने बताउनुभयो । पार्टीलाई चुनावी परिणामबाट घाटा हुँदा सिंगो पार्टीको छविमा आँच पुग्ने भन्दै पार्टीको स्ट्रेन्थ घटाउने गरी कसैले पनि काम नगर्ने विश्वास व्यक्त गर्नुभयो ।