Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, १७ जना कर्मचारी पक्राउ


2.6k
Shares

काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले यातायात व्यवस्था कार्यालय चाबहिलमा भ्रष्टाचारको आशंकामा मंगलबार छापा मारेको छ।

छापाका क्रममा कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीबाट २५ वटा मोबाइल नियन्त्रणमा लिइएको छ।

साथै ट्राफिक प्रहरीका ३ जना र निजी ड्राइभिङ सेन्टरका ७ जनाबाट समेत मोबाइल बरामद गरिएको छ।

लिखित परीक्षामा फेल भएका परीक्षार्थीबाट बिचौलियामार्फत रकम असुली ३ महिना नपुग्दै पुनः परीक्षा दिलाइएको आरोपमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Skip This