Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


पाकिस्तान क्रिकेट बोर्डले टी-२० विश्वकपमा सहभागी हुने बारेमा अन्तिम निर्णय माघ १९ गते गर्ने


286
Shares

काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी-२० विश्वकप-२०२६ मा सहभागी हुने बारेमा अन्तिम निर्णय यहि माघ १९ गते गर्ने भएकाे छ ।

पीसीबीका अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफसँगकाे भेटवार्ताका क्रममा साेही विषयमा छलफल गरेका हुन् । छलफलपछि सरकारकै निर्देशन अनुसार अन्तिम निर्णय लिने सहमति भएको उनले बताएका छन् । अहिले पीसीबीले पूर्ण बहिष्कार मात्र नभएर भारतविरुद्धको खेल मात्र नखेल्ने विकल्पमा पनि विचार गरिरहेको बुझिएको छ । तर यसकाे बारेमा आधिकारिक रूपमा पीसीबीले केही बोलेको छैन ।

पाकिस्तानको पहिलो खेल आगामी फेब्रुअरी ७ तारिखमा नेदरल्यान्ड्ससँग हुने भएकाले निर्णय ढिलो गरेको अवस्थामा तालिका व्यवस्थापनमा समस्या हुन सक्ने देखिन्छ । आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्यान्डलाई सहभागी गराएपछि पाकिस्तानले यो बंगलादेशमाथि अन्याय भएको टिप्पणी गरेको थियो ।

भारत जान अस्वीकार गरेकै कारण बंगलादेशलाई हटाइएकोमा पीसीबीका अध्यक्ष नक्वीले आईसीसीमाथि ‘डबल स्ट्यान्डर्ड’ अपनाएको आरोप लगाउँदै असन्तुष्टि जनाएका थिए ।