Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


मोटरसाइकल चोरी गरेकाे आराेपमा २ जना युवा पक्राउ


299
Shares

काठमाडाैं । भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लगिरहेकाे अवस्थामा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुरको भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको जनाएको हाे । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुर सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ रहेका छन् । आइतबार भट्टेडाँडा स्थित जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्दा खोज्दा उनीहरू मोटरसाइकल नरोकिकन भागेका थिए । उनीहरूलाई पछ्याएर नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ।

आरोपीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा.३६ प ७९०८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सोही मोटरसाइकल उनीहरुले भक्तपुरबाट चोरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले बताएकाे हाे। उनीहरूलाई ललितपुर प्रहरीले थप अनुसन्धानका लागी प्रहरी वृत्त जगातीमा बुझाएको छ ।