काठमाडाैं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकदे अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको तोक्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
बैठकले विभिन्न ५ वटा जलविद्युत आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि अर्यालले बताउनु भयो ।
उहाँकाअनुसार बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोसी पाँचौँ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेतीखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको हो ।





प्रतिक्रिया दिनुहोस्