Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नेपालगञ्जमा बालेनका समर्थक गाडीबाट खस्दा ५ जना घाइते


936
Shares

काठमाडौं ।

नेपालगञ्जस्थित राँझा विमानस्थल नजिक बालेन शाहका समर्थक सवार गाडीबाट खस्दा कम्तीमा ५ जना घाइते भएका छन्।

बालेन नेपालगञ्ज जाने क्रममा समर्थकहरू विमानस्थल पुगेका थिए। गाडीको पछाडिको ढालाबाट खसेका उनीहरूलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए।

विमानस्थलभित्रको सडक भएकाले गाडी तीव्र गतिमा नभएको प्रहरीले जनाएको छ। बालेन २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत हुन् र झापा–५ बाट चुनाव लड्दैछन्।