हेटौंडा ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका छन्। आइतबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा सम्पन्न निर्वाचनमा दुवै उम्मेदवार गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन्।
दंगालले कुल ६ हजार २०५ मतभार प्राप्त गर्दा देवकोटाले ६ हजार २३९ मतभार पाइन्। निर्वाचनमा नेकपा र नेमकिपाका उम्मेदवारहरू पराजित भए।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए। बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन भएको हो।





प्रतिक्रिया दिनुहोस्