तेह्रथुम ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुममा १२ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपाली कांग्रेसले युवा नेता सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट सचिव भानुभक्त ढकाल उम्मेदवार बनेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र कार्की श्रम संस्कृति पार्र्टीबाट सुविन्द्र कुमार लिम्बु लगायतका उमेदवार चुनावी प्रतिष्पर्धामा छन् । चुनावी प्रतिष्पर्धामा उत्रिएका सवै दलले विकास, सुशासन र राजनीतिक स्थायित्वलाई मुख्य एजेन्डा बनाएका छन्। ।
१२ वटा पार्टीका उम्मेदवार मध्ये राष्ट्रिय परिवर्तन पार्टीकी उषालक्ष्मी तुम्बाहाङफे एक मात्र महिला उम्मेदवार रहेकी छन् भने तेह्रथुममा कुनै पनि स्वतन्त्र उम्मेदवार छैनन ।
मनोनयनपछि उम्मेदवारहरु घरदैलो कार्यक्रममा ब्यस्त हुन थालेका छन् । कुल मतदाता ७३ हजार एक सय ३७ रहेको तेह्रथुममा ५६ मतदानस्थल र ९३ वटा मतदान केन्द्र तोकिएका छन्।





प्रतिक्रिया दिनुहोस्