Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट तीनै सिटमा गठबन्धन विजयी


1.6k
Shares

काठमाडाैं ।
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा रहेका तीनै सिट कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगता समूहबाट कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार ल्याइन् भने राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरिन्।

अपांगता समूहमा कांग्रेस उम्मेदवार बासुदेव घिमिरे ‘जंगली’ ५ हजार ३२२ मतभारसहित विजयी भए। यस समूहमा नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए।

यस्तै, अन्य क्लस्टरमा कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचन जिते। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे।