Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह


1.3k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । 
आईतवार कार्यकर्ताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताउनुभयो । उहाँले उनीहरुको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको नीति त्यस्तो हुनुपर्छ । जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो । उहाँहरुको जति जग्गा छ, उहाँहरुको पाँच आना जग्गा छ, दुई रोपनी जग्गा छ कति छ, त्यो हिसावले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनुपर्छ । मान्छेलाई जंगलसँगै राखिदिनु भएन ।’
उहाँले मानिसलाई जंगल नजिक राख्न नहुने बताउनुभयो ।