काठमाडाैं ।
स्मार्टफोनका लागि अग्रणी अन्तर्राष्ट्रिय ब्राण्ड अनरले आफ्नो पछिल्लो उत्पादन अनर एक्स नाईन डी नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले राजधानीमा एक कार्यक्रम गरी नयाँ मोडल सार्वजनिक गरेको हो । कम्पनीले प्रि–बुकिङमा दीपल कार जित्न सक्ने योजना समेत ल्याएको छ ।
शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका लागि डिजाइन गरिएको अनर एक्स नाईन डी आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार गरिएको स्मार्टफोन भएको कम्पनीको दाबी छ । यस सेगमेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पुर्याउने क्षमतासहित यो मोडल ल्याइएको कम्पनीले जनाएको छ ।
अनर एक्स नाईन डी मा अढाई मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी आईपी सिक्स नाइन रेटिङ, लामो समयसम्म चल्ने ८३ सय एमएएच क्षमताको ठूलो ब्याट्री, १ सय ८ मेगापिक्सेलको उच्च रेजुलेसनको क्यामरा जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।
दुई भेरियन्टमा उपलब्ध यस फोनको २ सय ५६ जीबी स्टोरेज क्षमता रहेको ८ जीबी र्यामवालाको बजार मूल्य ५४ हजार ९ सय ९९ र १२ जीबी र्यामको ५९ हजार ९ सय ९९ कामय गरिएको छ । एक जना भाग्यशाली प्रि–बुकिङ ग्राहकले ५९ लाख मूल्य बराबरको नयाँ डीपल एस ओ फाइभ कार जित्नसक्ने कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्