सागर न्याैपाने, स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा २४ उमेदवारले प्रतिष्पर्धा गर्ने भएका छन् ।
मनोनयन दर्ता गरेका मध्य चार जनाले उम्मेदवारी फिर्ता लिएपछि २४ जनाको उम्मेदवारी कायम भएको हो । सुरुमा छ जना स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी परेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मीनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी उम्मेदवार रहेका छन् ।
यस्तै, स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल, नेकपा (एमाले)बाट खिमबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे प्रतिष्पर्धा हुँदैछ ।





प्रतिक्रिया दिनुहोस्