काठमाडौं ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा सुरक्षाका हिसावले अतिसंवेदनशील देखिएका ओखलढुंगाका मतदानकेन्द्र र मतदान स्थलहरुमा जिल्ला सुरक्षा समितिले अनुगमन थालेको छ।
फागुन २१ मा सम्पन्न हुने निर्वाचनमा जिल्लामा रहेका ८४ मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमध्ये सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षालाई मध्यनजर गरेर अनुगमन थालिएको हो ।
ओखलढुंगामा १२ वटा मतदानस्थललाई अति स्रवेदनशील मतदान केन्द्रको रुपमा हेरिएको छ। एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकायको एकीकृत योजना बनिसकेको छ भने मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा परिचालन र सुरक्षा व्यवस्थापनलाई मध्यनजर गरेर मतदानस्थल र मतदान केन्द्रहरुमै पुगेर अनुगमन थालिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो ।
अति संवेदनशील वर्गीकरण गरिएका ओखलढुंगामा १२ वटा मतदानस्थललाई भौगोलिक अवस्था, विगतको निर्वाचनमा भएको गतिविधिलगायतलाई आधार मानेर वर्गीकरण गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्