काठमाडौं ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ ।
भोली बिहान ९ बजेदेखि सुरु हुने मतदानका लागि सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको हो । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।
त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुन् । बाँकी १८ सदस्यका लागि भोली निर्वाचन हुन लागेको हो । निर्वाचनमा सात वटै प्रदेशमा मतदान केन्द्र राखिएको छ । यसका लागि आवश्यक साम्रमी निर्वाचन कार्यलयमा पुगिसकेको छ ।
रष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न पाउनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदान गर्नेछन् ।
५ सय ५० जना प्रदेश सभा सदस्य सहित ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहनेछन् ।





प्रतिक्रिया दिनुहोस्