Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप


715
Shares

काठमाडौं । रामेछापमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नाको आवेदन म्याद दुई दिन थप गरिएको छ। भर्ना समिति रामेछापले यसअघि प्रकाशित सूचनाअनुसार पर्याप्त आवेदन नपरेपछि माघ १० र ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको हो।

जिल्ला प्रहरी प्रमुख भोला भट्टका अनुसार जिल्लामा कूल १,३३३ जना निर्वाचन प्रहरी आवश्यक भए पनि हालसम्म करिब ९०० जनाले मात्र आवेदन दिएका छन् र उनीहरूलाई तालिम दिइँदैछ।

स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि छुट भएका तथा नयाँ आवेदन दिन चाहने उम्मेदवारहरूले समेत तोकिएको म्यादभित्र आवेदन दिन सक्ने प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।