Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


रेशम चौधरीको उम्मेदवारी खारेज


2.8k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

पाँच जना उम्मेदवारविरुद्ध परेका उजुरीमध्ये तीन वटा उजुरी खारेज भइसकेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्धका उजुरी खारेज भएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको रौतहट–१ बाटको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि खारेज गरिएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्ध परेको उजुरीबारे भने निर्वाचन आयोग छलफलमै रहेको छ ।