Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


अमेरिकाबाट थप ८० नेपाली डिपोर्ट


2.5k
Shares

काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल फर्काएको छ ।

मंगलबार अपराह्न करिब साढे ५ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । डिपोर्ट गरिएकामध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

उनीहरू नेपाल फर्किएसँगै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक छानबिनका क्रममा अधिकांशले अवैध तथा जोखिमपूर्ण बाटो प्रयोग गरेर अमेरिका प्रवेश गर्ने प्रयास गरेको खुल्न आएको छ । एक जना भने अध्ययन भिसामा अमेरिका गएको र बाँकीले विभिन्न दलालमार्फत अमेरिका पुग्न करोडौँ रुपैयाँसम्म खर्च गरेको पाइएको छ ।

कतिपयले अमेरिका जान एक करोड ४० लाख रुपैयाँसम्म खर्च गरेको दाबी गरेका छन् । यस घटनालाई मानव बेचबिखन तथा अवैध आप्रवासनसँग जोडेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।