काठमाडौं ।
आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेकाे छ ।
गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार बुझाउन भनेका हुन् । निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियारसमेत चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्रशासन हतियार बुझाउन भनेको हो ।
यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा लाइसेन्सप्राप्त हतियार बुझाउन भन्दै सूचना निकाल्दै आएको छ ।
यसका साथै गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ताका लागि प्रहरीले काम गरिहरेको बताएको छ ।
मंगलबार मात्रै गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री ओमप्रकाश अर्यालले माघ महिनाभित्र सबैजसो हतियार फिर्ता ल्याउने प्रयास भइरहेको बताएका थिए ।





प्रतिक्रिया दिनुहोस्