Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


आसन्न निर्वाचनमा एमालेले जित्नैपर्छ : बादल


377
Shares

काठमाडाैं । नेकपा (एमाले)ले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा घोषणा गरेको छ ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी सो पार्टीका उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष ओलीलाई निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा पार्टीले अघि सार्ने निर्णय लिएको औपचारिक जानकारी गराउनुभएको हो । उहाँले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने जिकिर समेत गर्नुभयो ।

देश जलाउनेहरुको विरुद्ध देश बनाउने शक्तिको रुपमा एमाले आगामी निर्वाचनमा विजयी हुनैपर्ने उपाध्यक्ष बादलको जिकिर थियो । उहाँले देशभक्त, लोकतान्त्रिक शक्तिहरुलाई विजयी बनाउने गरी एमालेले निर्वाचन अभियानलाई अघि बढाएको समेत बताउनु भयो ।

उपाध्यक्ष बादलले भन्नुभयो, ‘हाम्रो पार्टीको केन्द्रिय समितिले संकल्प लिएको छ–यो चुनावमा हामीले जित्नै पर्छ । हामीले नेकपा एमालेको नेतृत्वमा हाम्रो आदरणीय अध्यक्षको नेतृत्वमा फेरि एउटा देशभक्तहरुको, लोकतान्त्रिक शक्तिहरुको सरकार स्थापना गर्नुपर्छ । यो संकल्प हाम्रो पार्टीले गरेको छ । र यो निर्वाचनमा हामीले हाम्रो आदरणीय अध्यक्षलाई भावी प्रधानमन्त्रीको रुपमा, भावी सरकार प्रमुखको रुपमा हामीले उहाँलाई प्रश्तुत गर्ने र यो निर्वाचनमा विजय प्राप्त गर्ने भन्ने हाम्रो पार्टीले संकल्प गरेको छ ।’

पत्रकार सम्मेलनमा एमालेले आफ्नो पार्टीले सबै क्षेत्रमा उम्मेदवार दिएको पनि जनाएको छ । उपाध्यक्ष बादलले पार्टीले उम्मेदवार चयन गर्ने जनताको बीचमा लोकप्रिय भएकाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो ।