Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


सुनिल शर्माद्वारा मोरङ–३ बाट प्रतिनिधिसभा उम्मेदवारी मनोनयन दर्ता


234
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले समर्थकहरूको बाक्लो उपस्थितिमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका शर्मा यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुनुभएको थियो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. शर्माले जनताको सेवा र विकासलाई नै आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताउनुभयो ।