काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेता कार्यकर्ताहरुको जुलुशसहित पुगेका निधिले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
२०७४ सालको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेपछि नेपाली कांग्रेसका पूर्व उपसभापति निधि २०७९ सालको निर्वाचनमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नु भएको थियो ।
धनुषा ३मा एमालेबाट जुलीकुमारी महतो र कांग्रेसबाट निधिको उम्मेदवारी परेपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।





प्रतिक्रिया दिनुहोस्