Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


काठमाडौं–५ मा ईश्वर पोखरेलको उम्मेदवारी दर्ता


299
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले टोखा नगरपालिकास्थित श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बहुदलीय प्रणालीमा नयाँ दल गठन र चुनावी प्रतिस्पर्धा स्वभाविक प्रक्रिया भएको बताए ।

उनले राजनीतिमा नयाँ–पुरानो नभई विचारलाई समयअनुसार परिस्कृत गर्नुपर्नेमा जोड दिए । काठमाडौं–५ मा जनसमर्थन र एमालेको संगठन बलियो रहेकाले आफ्नो पक्षमा नतिजा आउने दाबी उनले गरे ।