धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनी समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका साम्पाङले मनोनयनपछि अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्