Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


रास्वपाबाट सुदनले लिए टिकट, गोरखा–१ बाट उम्मेदवारी


0
Shares

काठमाडौं ।

जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ मा उम्मेदवार बनेका छन् । उनले रास्वपाबाट उम्मेदवारीका लागि टिकट पाएका हुन् ।

सुदनका अनुसार मंगलबार बिहान ८ बजे गोरखा सदरमुकाम पुग्ने र ९ बजे गोरखकाली मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे जिल्ला निर्वाचन कार्यालयमा रास्वपाको तर्फबाट मनोनयन दर्ता गर्नेछन् ।