Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


आज रातीदेखि निर्वाचन आचारसंहिता लागू हुँदै


1.4k
Shares

काठमाडाैं ।

निर्वाचन आयोगले आज राती १२ बजेपछि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मतदानका लागि ४५ दिन अघि आचारसंहिता लागू गर्ने प्रचलन अनुसार आज रातीदेखि आचारसंहिता लागू हुने जानकारी दिएको हो ।

आयोगका तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुलाई आचार संहितबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।

आयोगको आज दिउँसो बसेको बैठकले निर्वाचन आचार संहिता राति १२ बजेबाट लागू हुने निर्णय गरेको थियो ।