Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


राजीनामापछि बालेन शाह रास्वपाको केन्द्रीय कार्यालयमा


312
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्। पदबाट राजीनामा बुझाएपछि उनी बनस्थलीस्थित पार्टी कार्यालय पुगेका हुन्।

बालेनको आगमनसँगै रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको बाक्लो भीड देखिएको छ। समर्थकहरूले नाराबाजी र स्वागतमार्फत उनको प्रवेशलाई उत्साहका साथ स्वागत गरेका छन्।

पार्टी स्रोतका अनुसार बालेन केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्ने तयारीमा छन्। बैठकपछि उनी आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

जनकपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्न बालेनसहित पार्टी सभापति रवि लामिछाने र अन्य शीर्ष नेताहरू पनि सहभागी हुने कार्यक्रम तय भएको छ।